गायिका आस्था राउतविरुद्ध उजुरी परेको छ ।त्रिभुवन विमानस्थलमा जाँचका क्रममा गायिका राउतले आफूमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी हुन् ।
विमानस्थलमा गायिका राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौज र अभद्र ब्यवहार भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी जवान रमिताले जाहेरी दिएकी हुन् ।
बुधबार गायिका राउतले आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसवुकबाट लाइभमा गएर समग्र प्रहरीलाई संस्कार सिक्न समेत आग्रह गरेकी थिइन् । त्यसको केहीबेरमा नै उनले भिडियो हटाएकी थिइन् ।
श्रेष्ठको उजुरीलाई विमानस्थल प्रहरी कार्यालयले कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।