टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले पाए सफाइ

0
823

जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ दिएको छ । अदालतले आत्महत्या दुरुत्साहनको अभियोगमा दाबी नपुग्‍ने भन्दै सफाइ दिएको हो  ।    पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा उनीविरुद्ध मुद्दा चलेको थियो ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले दिएको जानकारीअनुसार न्यायाधीश हेमन्त रावलको इजलासले उनलाई सफाइ दिएको हो ।न्युज २४ टेलिभिजनका प्रस्तोतासमेत रहेका लामिछानेलाई सफाइ दिएको पत्रकार दीपक बोहोराले जानकारी दिएका छन् ।