सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल कास्कीको संयोजकमा यदुनाथ बञ्जारा

0
871

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल कास्कीको प्रथम भेलाले यदुनाथ बञ्जाराको संयोजकत्वमा १३ सदस्यीय जिल्ला सञ्जाल गठन गरेको छ ।त्यस्तै सह–संयोजकमा शिबराज बास्ताकोटी, सदस्य सचिबमा प्रतीक्षा काफ्ले र सदस्यहरुमा तुलसी दाहाल, सबिता शर्मा, साबित्रा घिमिरे, खुम बहादुर थापा, पि.डि सिग्देल, रुजित श्रेष्ठ, कमल बराल, ललितमान ताम्राकार, गोमा पराजुली, बिष्णु प्रसाद अधिकारी लगायत रहनु भएको छ। यस्तै विशाल गुरुङ (मादी), राम गुरुङ (माछापुच्छ«े), रामकृष्ण अधिकारी (रुपा), यज्ञराज पौडेल (अन्नपूर्ण) लाई गाउँ पालिका संयोजक चयन गरिएको छ ।

सोही अबसरमा कृष्ण क्षेत्रीको संयोजकत्वमा पोखरा महानगरपालिका स्तरिय सञ्जाल पनि गठन गरिएको छ। जस्को सहसंयोजकमा कुलमाया क्षेत्री, सदस्य सचिबमा रेशम खड्का र सदस्यहरुमा जीवन सुवेदी, पदम श्रेष्ठ , इन्द्रबहादुर खत्री, परिजात खराल, अम्बिका अधिकारी, जीवन आचार्य, तुलसी बास्ताकोटी, राजु गिरी, आत्मा तुलाचन रहनु भएको छ।

भेलामा पोखरा महानगरपालीका प्रमुख मान बहादुर जिसि, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश के.सी, सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालका केन्द्रिय सदस्य सुस्मा पौडेल गण्डकी प्रदेशका सहसंयोजक माधब पनेरु, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले सूचनाको हकको बारेमा बोल्नु भएको थियो।

 

भेलालाई सूचनाको हकका राष्ट्रिय सञ्जाल नेपाल गण्डकी प्रदेशका संयोजक दिपक आचार्यले सहजिकरण गर्नु भएको थियो। सूचना अभियन्ता यदुनाथ बञ्जाराको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत शिबराज बास्ताकोटी र संचालन नबराज दाहालले गर्नु भएको थियो।