दीपेन्द्र बस्नेत पुनर्वास ।
महिनावारी भएका बेला महिलाहरुलाई अलग्गै राख्न बनाइएका कन्चनपुरको पुनर्वास ९ मा ३० वटा टहरा छाउ गोठ नगर कार्यपालिका र प्रहरीको संयुक्त टोलीले आइतबार भत्काएको छ ।
सुदुर पश्चिममा रहेको सामाजिक परम्परा अनुसार महिनावारी भएको समयमा महिलाहरुलाई ५ देखि ७ दिन सम्म घर देखि अलि पर छुट्टै टहरो बनाएर राख्ने चलनलाई छाउ गोठ भन्ने गरिन्छ । पानीको धारा ,पूजाकोठा , मन्दिर लगायतका स्थानहरुमा छुन नहुने भन्दै अलग्गै राख्ने चलन अनुसार पुनर्वास- ९ स्थित बिचफाटामा अलग्गै बनाइएका छाउ गोठ भत्काईएका हुन् ।
आईतबार पुनर्वास नगरपालिकाकी उपमेयर शारदा बिष्ट , वडा अध्यक्ष नारायण प्रसाद जैशी , कार्यपालिका सदस्यहरु , प्रहरी स्थानिय पत्रकारहरु सम्मिलित टोलीले महिनावारी भएका महिलाहरुलाई बस्न बनाईएका टहरा अर्थात छाउ गोठ भत्काइएको हो।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.