पोखरा -१०, बुद्धचोकमा लमजुङे महिला छात्राबास सञ्चालनमा

0
1176

सरिता तिम्सिना पगेनी
पोखरा-१०, बुद्धचोकमा लमजुङे महिला छात्राबास सञ्चालनमा आएको छ ।  महिलाहरुको हित, सुरक्षा र सुविधालाइ ध्यान दिई छात्राबास सञ्चालन गरिएको  छात्रावासका सञ्चालक  शैली ढकाल बसौलाले पोखरा पोष्ट डकमालाई जानकारी दिनुभएको छ ।” बिबिध काम, पेशा र ब्यबसायका कारण  पोखरामा आर्इ बस्नुपर्ने महिलाहरुको सुविधालाई ध्यान दिई  हामीले छात्राबास संचालन गरेका हौं,  संचालक ढकालले भन्नु भयो ,हामीले  सुरिक्षत, आरामदायी र ब्यबस्थित सेवा सुबिधा दिने उदेश्यले  छात्रावास  संचालनमा ल्याएको छौं ।” उहाँले  छात्रावासमा महिला कर्मचारीले सेवा दिने ,मदिरा र होहल्लाको वातावरणलाई पुर्ण निशेधित गरिएको समेत बताउनु भयो ।

छात्रावासका बिशेषताहरु बारे जानकारी दिदै संचालक ढकालले, छात्रावास बाट पोखराको हरेक ठाउँमा जानको लागि पायक पर्ने, खाजा, खाना र कोठा सफा र पुर्ण हाइजेनिक हुने  समेत बताउनु भयो ।एउटा कोठामा बढिमा ३ जना मात्र राखिने जानकारी दिदै संचालक ढकालले छात्रावासमा  भेज र नन भेज गरि दुई थरी किचन रहने साथै तातो- चिसो पानीको सुबिधा समेत रहेको जानकारी दिनुभयो ।

छात्राबासमा पारिवारिक वातावरणमा  अर्गानिक खाना खुवाइनुका साथै बसाई अबधिका आधारमा छात्रावासको  शुल्क समेत  कम  हुँदै जाने  उहाँको भनाइ छ।छात्राबास  भुकम्प प्रतिरोधी समेत रहेको  छ ।  छात्राबास भित्र फलफुल नर्सरी,अर्गानिक कृषि फार्म एबम अर्गानिक किसान बजार रहेको हुदा रमाइलो र स्वच्छ बाताबरण मा बस्न पाइने ब्यबस्था रहेको संचालक ढकालले  जानकारी दिनुभयो ।