गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पक्राउ

0
1265

 

पोखरा । प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई  पक्राउ गरेको छ ।  एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक ठाउंमा हातपात गरेका मनाङेलाई बिहीबार प्रहरीले लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेको हो   । गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए । मनाङेले बुधबार आयोजित पत्रकार सम्मेलनमा झापड हानेको स्वीकार गरेका छन् ।

मिलन गुरुङले भने बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए ।पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका थिए । पीडित गुरुङले जाहेरी दिनुपूर्वको पत्रकार सम्मेलनमा शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरू लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफ्नो जिउ धनको सुरक्षा हुनुपर्ने बताएका थिए ।

मनाङ्गेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।घटनाबारे थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।