पोखरा ।स्वर्णकार कल्याण समिति कास्कीले वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक मुक्तिनाथ साप्कोटा र प्रहरी नायव निरीक्षक चेतनाथ पौडेल संग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक मुक्तिनाथ साप्कोटाले समाजमा घट्ने बिभिन्न अपराध र बिकृति हटाउन नागरिकले प्रहरीलाई सहयोग गर्नु पर्ने बताउनु भयो । नागरिकहरु पनि सादा पोशाकका प्रहरी भएको उल्लेख गर्दे उहाँले नागरिक संगको सहकार्यले नै समाजलाई शान्त र सुरक्षित बनाउन सकिने बताउनु भयो ।
स्वर्णकार कल्याण समिति कास्कीका सल्लाहाकार राजकुमार घिमिरेले सुनचाँदीको काम गर्ने कालिगढहरुलाई प्रहरीले चेकजाँचको नाममा अनाबश्यक दुःख नदिन आग्रह गर्नभयो । “हामीले गहना सफाई तथा कटिङ्गका लागि सुन आवातजावत गर्दा प्रहरीले चोरी जन्य अपराधमा पनि फसाउने गरेको छ ,घिमिरेले भन्न् भयो ,कालिगढले जर्तीबाट पाउने १. २ लाल सुन जम्मा गरी बनाएका सामान बजारमा लिएर हिड्दा प्रहरीवाट चोरीको आरोपमा फसाइनु दुःखद कुरा हो ।” प्रहरीले कालीगढको पेशालाई बुझ्न समेत उहाँले आग्रह गर्नु भयो ।समितिका सल्लाहाकार भिम सेन्चुरीले नागरिकको शान्ती सुरक्षाको लागि २४ सै घण्टा खटिने प्रहरी संगठनको कार्यको प्रशंसा गर्नु भयो ।
स्वर्णकार कल्याण समिति कास्कीका अध्यक्ष भुवन लोहनीले वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक मुक्तिनाथ साप्कोटा र प्रहरी नायव निरीक्षक चेतनाथ पौडेलाई सम्मान तथा स्वागत गर्नु भएको थियो ।उहाँले वडा प्रहरी कार्यलय वगर संग सहकार्य गर्दे अघि बढ्ने समेत बताउनु भयो ।
कार्यक्रममा स्वर्णकार कल्याण समिति कास्कीका आबद्ध सदस्यहरुले प्रहरी संग परिचय तथा अन्तरक्रिया समेत गरेका थिए ।