अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मीलन गुरुङको म्याद थप

0
933

 

पोखरा ।
बैंकिङ कसुर मुद्दामा  शुक्रबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्कीका अध्यक्ष मीलन गुरुङलाई उच्च अदालत पोखराले बिहीबारसम्म थुनामै राखेर अनुसन्धान गर्न आइतबार प्रहरीलाई अनुमति दिएको छ । लेकसाइडको ओम गौरा होटेलका सञ्चालक हरिभक्त आचार्यले गत बिहीबार मीलनविरुद्ध बैंकिङ कसुरमा जाहेरी दिएका थिए । शुक्रबार मीलन पक्राउ परेका थिए ।
जाहेरीमा  उल्लेख भए अनुसार ,साफ यु १८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो । जसको जिम्मा एन्फा अध्यक्ष मीलनले लिएका थिए । त्यति बेलाको खर्चमध्ये  २ लाख रुपैयाँको चेक दिए पनि अहिलेसम्म नसाटिएको आचार्यले जाहेरीमा उल्लेख गरेका छन् । बैंकिङ कसुर अनुसार  चेकमा उल्लेख भएको रकम पीडितलाई दिलाउने  र ३ महिना जेल सजाय हुन सक्छ । बैंकिङ कसुर मुद्दामा म्याद थप गर्दै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान छ ।

मीलनलाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । पक्राउ परेको मितिले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभाष पौडेलको वाणिज्य इजलाशले अनुमति दिएको उच्च अदालतका रजिस्टार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।