गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले पाएको छ।
विमानस्थलमा जाँचका क्रममा यही माघ १ गते ड्युटीमा रहेको प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध उजुरी दिएकी थिइन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।