हुम तमु
पोखरा । नेपाली लोक सँस्कृति बचाआंैका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारको २३ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम आज बुधबार(माघ १५ गते) पोखरा उद्योग बाणिज्य संघमा हुदैछ।
पोखरा ९ पुरानो बसपार्कमा कार्यालय स्थापना गरी नेपाली मौलिक लोक सँस्कृति संरक्षण र विकासमा निरन्तर जुटिरहेको हिमाली साँस्कृतिक परिवारले वार्षिकोत्सवमा वरिष्ट सँस्कृतिकर्मी तथा साहित्यकार तिर्थ श्रेष्ठलाई अनिनन्दन गर्नेभएको छ। वार्षिकोत्सवमा विगतदेखि नै सँस्कृति क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका सँस्कृतिकर्मीलाई अनिनन्दन गरिदै आए अनुसार यस वर्ष श्रेष्ठलाई अभिनन्दन गरिनेभएको हो। यसरी नै परिवारका संस्थापक अध्यक्ष रुपेनबाबु स्मृति पुरस्कारबाट पुराना कलाकार चिजा गुरुङ ताङबेलाई पुरस्कृत गरिने परिवारका अध्यक्ष मेनकाजी गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार कलाकार गुरुङलाई १० हजार रुपैयासहित सम्मान गरिनेछ।
यस्तैगरी कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका दुई जना कलाकारहरुलाई सम्मान गरिने भएको छ। परिवारमा आवद्ध रहेर पु¥याएको योगदान र क्रियाशिलताको आधारमा वर्षेनी कलाकारहरुलाई सम्मान गरी प्रोत्साहन गरिदै आए बमोजिम दुई जना कलाकार सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ।
नेपालको पुर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म सम्पुर्ण नेपाली लोकसँस्कृतिको संरक्षण र प्रस्तुति गर्दै आएको हिमाली साँस्कृतिक परिवारले वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रमसँगै दिउसो साढे १ बजेदेखि विविध साँस्कृतिक प्रस्तुति गर्ने सचिव श्रीजंग गुरुङले जानकारी दिनुभयो।