अबैध चन्दा संकलन नर्गन पोखरा – ३ का अध्यक्ष रविन्द्र वहादुर प्रजुको अनुरोध

0
1320

सरिता तिम्सिना पगेनी
पोखरा ।
पोखरा महानगरपालिका – ३ का अध्यक्ष रबिन्द्र बहादुर प्रजुले अवैध चन्दा संकलन नर्गन, पोखरा -३ का समुह तथा संघ- संस्थालाई अनुरोध गरेका छन् ।

प्रजुले सार्वजनिक सुचना जारी  गर्दे  भनेका छन् ,’ पाटी पौवा चौतारी तथा अन्य संरचना निर्माणको लागि भनि, चन्दा संकलन गरिएको भन्ने जन गुनासो आएको छ ,   ‘ विना स्विकृति कुनै पनि सार्वजनिक संरचना निर्माण गर्ने गराउने कार्य अनियमित भएकाले ,त्यस्ता कार्य नर्गन नगराउन अनुरोध गर्दछु ।’

कुनै पनि निर्माण कार्य वा कार्यक्रमको वाहानामा आर्थिक सहयोग संकलन नर्गन  अनुरोध गर्दे  उनले ‘,अबैध चन्दा संकलनलाई निरुत्साहित गर्न जिल्ला प्रहरी कार्यलय ,जिल्ला प्रशासन कार्यलय ,महानगर तथा वडा कार्यलयमा उजुरी गर्न समेत वडावासी सचेत नागरिकलाई सार्वजनिक सुचना द्धारा जानकारी  गराएका छन ।