बी.पी अध्ययन प्रतिष्ठान पोखरा द्धारा बिद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण

0
1427

पोखरा ।  बी.पीअध्ययन प्रतिष्ठान पोखरा महानगर समितिले विपन्न बर्गका बिद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरेको छ । बुधबार पोखरा १६ अर्मला स्थित ज्ञान ज्योती मा.वि का  ९७ जना बिद्यार्थीहरुलाई  ४० हजार रुपैया वरावरको सामाग्री  वितरण गरिएको विपि अध्ययन प्रतिष्ठान पोखरा महानगर समितिका अध्यक्ष प्रभा सुवेदीले जानकारी दिनुभयो ।

सामाग्री बितरण कार्यक्रममा बोल्दै बी.पी अध्ययन प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष  तथा नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले  शिक्षक ,अभिभावक र बिद्यार्थीको एकताले मात्रै शैक्षिक गुणस्तर बृद्धि हुने बताउनु भयो ।उहाँले  अभिभावकले छोराछोरी बिद्यालय पठाउनुका साथै बिद्यालयका बिभिन्न गतिविधिमा समेत चासो राख्नु पर्नेमा जोड दिनु भयो ।’ बिद्यालयमा शिक्षकले पनि जिम्मेवार भएर पढाउनु पर्याे ,पाण्डेले भन्नु भयो , “अभिभावकले पनि घरमा राम्रो वातावरण दिन सक्नु पर्छ । ’   बी.पीका धेरै सपनाहरु मध्ये ,हरेक नेपालीका छोराछोरीले पढ्न पाउन भन्ने सपना पुरा गर्ने अभियानका रुपमा विपन्न वर्गका बिद्यार्थी अध्ययन गर्ने  सामुदायिक बिद्यालयहरुमा पुगेर शैक्षिक एवं खेलकुद सामाग्री वितरण गर्ने काम बी.पी अध्ययन प्रतिष्ठानले अभियानकै रुपमा सुरु गरेको उहाँले बताउनु भयो  ।


ज्ञान ज्योती मा.वि का प्रधानाध्यापक यम बहादुर कार्कीले यातायातको असुबिधाका कारणले बिद्यार्थीहरुले दुःख पाएको गुनासो गर्नु भयो ।सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या घट्दै गएको प्रति चिन्ता ब्यक्त गर्दे  कार्कीले स्थानीय सरकारले सामुदायिक बिद्यालयमा पनि स्कुल वसको ब्यबस्था गर्न सके एक घण्टा पैदल हिँडेर बिद्यालय आउन पर्ने बिद्यार्थीको कठिनाई कम हुने र बिद्यार्थी संख्या पनि बृद्धि हुदै जाने दावी गर्नु भयो ।
बी.पी अध्ययन प्रतिष्ठान पोखरा महानगर समितिका अध्यक्ष प्रभा सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विपि अध्ययन प्रतिष्ठान कास्कीका अध्यक्ष ज्ञानेन्द्र पौडेल ,कार्यक्रम संयोजक एबं महानगरसमितिका  उपाध्यक्ष तारा तिम्सिना, शिबराम देवकोटा  लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुलाई सेनीटरी प्याड समेत बितरण गरिएको विपि अध्ययन प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयो  ।