१३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सन्दिपले जिते म्याराथनको उपाधि

१६ माघ २०७६, बिहीबार

सीता डोटेल
पाल्पा ।
रामपुरमा जारी तेस्रो मेयर कप अन्तर्गत भएको म्याराथनमा रामपुर ३ का सन्दिप श्रेष्ठ प्रथम हुदै उपाधि हात पारेका छन् ।
निर्धारित १० किलोमिटरको दुरी सन्दिपले ३७ मिनेटमा पार गरेका थिए । खुल्ला म्याराथनमा १४ जना भएका थिए । उनले १३ प्रतिस्पर्धिलाई उछिनेर उपाधि जित्न सफल भएका हुन् । म्याराथनमा निर्धारित दुरी ३७ मिनेट ४२ सेकेण्डमा पार गर्दै रामपुर नगरपालिका ६ का मनोज क्षेत्री द्धितिय, ३९ मिनेट ३८ सेकेन्डमा दुरी पार गर्दै रामपुर ६ कै सुरेश कुमाल तृतीय र सो दुरी ४० मिनेट ४२ सेकेण्डमा पार गर्दै रामपुर नगरपालिका २ का सागर कुमाल सान्त्वना भए ।
रामपुर ७ बिपि पार्कबाट शुरु भएको म्याराथन दौड बिजयपुर,तालपोखरा,चिफ्लेढुङ्गा, भम्वक,मटेरी, बाङ्गेपसल, बेझाडचोक,बेझाडखेत हुँदै किसानबारी केल मैदानमा पुगेर सकिएको थियो ।
म्याराथनको रिवन काटेर खेल उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले शरीर स्वस्थ्य र तन्दुरुस्त राख्न दैनिक २/४ किलोमिटर दौड निकै उपलब्धि सावित हुने बताउनुभयो ।
म्याराथनमा नगरप्रमुख थापा, नगर  खेलकुद विकास समिति अध्यक्ष शंकर बहादुर खाण २ किलोमीटर जतिको दौडमा सहभागी हुनुभएको थियो ।
म्याराथुनमा प्रथम हुनेले नगद ५ हजार, द्वितीयले नगद ३ हजार, तृतीयले नगद २ हजार र सान्त्वनाले नगद १ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । खेल समापनको अबसरमा माघ १८ गते पुरस्कार वितरण हुनेछ ।

Leave a Reply