ब्लड क्यान्सरले मृत्यु भएकी अंकिता तामाङको परिवारलाई आर्थिक सहयोग

0
586

किशोर तमाङ्ग
पुनर्वास ।
कञ्चनपुरको पुनर्वासमा ब्लड क्यान्सरले मृत्यु भएकी पुनर्वास नगरपालिका-६ स्थित ङ-गाउँ घर भएकी  अङ्किता तामाङको घर परिवारलाई ईसाई समुदायको आर्थिक सहयोग प्राप्त भएको छ ।

उपचारको क्रममा रहेकी चौध वर्षीया बालिका अङ्किता तामाङको माघ १२ गते बिहान साढे पाँच बजेतिर  भक्तपुर मेडिकल कलेजमा मृत्युु भएको हो ।

ब्लड क्यान्सरका कारण मृत्यु भएका  अंकिताको परिवारलाई मंगलबार कैलालीको टिकापुरका  पन्ध्र ओटा मण्डलीका पास्टरहरु र विजय गालिल चर्च अरनिकोबस्तीका सदस्य प्रसाद मिजारको पहलमा साउदी अरबमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु द्वारा सङ्कलित आर्थिक सहयोग रकम मृतकका अभिभावकलाई प्रदान गरिएको हो ।

टिकापुरका पास्टरहरु मृतक अंकिताको घरमै पुगेर नगद २७ हजार एक सय पच्पन्न रुपैयाँ आर्थिक सहयोग गरेका थिए । त्यस्तै  विजय गालिल चर्च अरनिकोबस्तीका सदस्य प्रसाद मिजारको पहलमा साउदी अरबबाट संकलन गरेको ४४ हजार छ सय बाईस रुपैयाँ प्रसादकी श्रीमती राममाया मिजार र विजय गालिल चर्च अरनिकोबस्तीका वरिष्ठ पास्टर राजकुमार तामाङले सो सहयोग रकम मृतक  अंकिताका बुवा समशेर तामाङलाई हस्तान्तरण गरेका हुन्  ।

आर्थिक सहयोग गर्दै उपस्थित विभिन्न मण्डलीका पास्टरहरुद्वारा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति र सहायता प्रदान  गरून् भन्दै प्रार्थना समेत गरेका थिए