आरजू विष्ट सल्यानी
पोखरा ।
भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ३ गते पोखरामा आयोजना गर्न लागेको १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताका लागि म्याथनको रुटमा परेका १७ वडाका वडावासिले विशेष सघाउने भएका छन् ।
वुधवार मञ्चले म्याराथनलाई सफल बनाउनपोखरा ११ फूलवारीमा जनप्रतिनिधि र स्थानियसंग, पोखरा १५ रामवजारका जनप्रतिनिधि र स्थानिय तथा पोखराका युवासंग मुग्लान रेष्टूरेन्टमा छलफल गरेको छ ।
राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी तथा पाहुनाको सहभागिता हुने सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगित पोखरा तथा देशको मान, शान र गौरवको प्रतियोगिता भएको पोखरा महानगरपालिका वडा नं ११ का सदस्य मीन बहादुर गुरुङले बताउनु भयो । फूलवारस्थित वडा नं ११ को कार्यालयमा आयोजना गरिएको वडा भेटघाट कार्यक्रममा गुरुङले पर्यटकिय शहरमा हुन लागेको प्रतियोगिताले पर्यटन वर्ष २०२० लाई सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
रामेश्वर टोल विकास संस्थाका अध्यक्ष महावीर थापा मगरले आफुनो व्यानरसहित सडक छेउमा उभिएर खेलाडीलाई स्वागत गर्ते र रन फर फनको लागि सहभागिता जानाउने मुडमा रहेको बताउनु भयो ।
प्रगति टोल विकास संस्थाका कोषाध्यक्ष शर्मिला सिग्देलले टोलबाट दिदि बहिनी, दाजुभाईको समूह, क्लवका भाई बहिनीहरु भजनकृतनसहित जम्मा भएर खेलाडीलाई स्वागत गर्ते तयारीमा रहेको बताउनु भयो ।
रानीपौवा टोल विकास संस्थाका अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले संस्थाको तर्फबाट सक्दो सहयोग गर्न तत्पर रहेको बताउँदै वडा नं ११ बाट ४२ किलोमिटर दौडमा विष्णु नेपाली सरिक हुन लागेकोमा खुसि व्यक्त गर्नुभयो ।
स्थानिय गंगा केशीले आमा समूहको तर्फबाट रमाईलो नाचगान गरेर सघाउने तयारीमा आफुहरु रहेको बताउनु भयो ।
सितोरीयो कराँतेका राष्ट्रिय खेलाडी तथा वडा नं ११ का खेलकुद प्रशिक्षक विष्णु नेपालीले आफु पनि म्यानमा दौडिएर सघाउने भएकोले अरुलाई पनि आफुले सकेको जति सघाउन आगह्र गर्नुभयो ।
महाकालेश्वर महिला समूहका अध्यक्ष निर्मला आचार्यले आफ्नो समूह पनि संस्थाको स्वागत व्यानर लिएर सडक छेउमा उभिएर खेलाडीको मनोवल वढाउन उपस्थित हुने बताउनु भयो ।
वडा नं ११ का जनप्रतिनि, स्थानियसंगै कार्यक्रमको बारेमा जानकारी दिदैं भूतपूर्व खेलाडी मञ्च नेपालका सहकोषाध्यक्ष महेश पौडेलले भन्नुभयो पहिलो, दोश्रो र तेश्रो चौथो हुने खेलाडी गएपछि पनि पछि आउने खेलाडीलाई स्वागत गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा संघ, संस्था परिचालन समितिका संयोजक तथा मञ्चका सदस्य तीलक केशीले खेलाडीको लागि मञ्चले नै निश्चित पोईन्टहरुमा खानेपानीको व्यवस्था गरेको बताउँदै आआफ्नो रुट परेको टोलको सडकको दाँयाबाँया कलश, घडा राखेर खेलाडीलाई रमाईलो गरेर स्वागत गर्न सकिने बताउनु भयो ।
फागुन ३ गते बिहान ७ वजे ४२.१९५ किलोमिटर म्याराथन पोखरा रंगशालादेखि शुरु भई पोखराका १७ वटा वडाहरुका विभिन्न ८२ स्थानमा दौडिएर पुनः धावक पोखरा रंगशालामा पुग्नेछन् र म्याराथन समापन हुनेछ ।
१४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनका रुटहरुमा :
१ पोखरा रंगशालाबाट दौड सुरु हुनेछ फागुन ३ गते बिहान ७ वजे ।
२ पृथ्वीचोक, ३ छोरेपाटन ४, विरौटाचोक, ५ राष्ट्र बैंक चोक लेकसाईड वसुन्धरा पार्क, ६ हल्लनचोक, ७ सृजनाचोक, ८ सभागृह चोक, ९ विपि चोक, १० सिद्धार्थ चोक, ११ गणेश मन्दिर, १२ हरिचोक, १३ गणेश मेडिकल, १४ मध्यम पथ, १५ के.आईसिंह पुल, १६ नदीपुर, १७ नारायणस्थान नयाँ पुल, १८ पुरानो धाराचोक, १९ शितलादेवी मन्दिर, २० गौंडाको मुख, २१ भदकाली स्कुल, २२ मियाँपाटन, २३ विपि मार्ग, २४ विपि मार्ग घुम्ति, २५ भोटेचौतारा, २६ वडा नं १४ कार्यालय, २७ वडा नं १५ को कार्यालय, २८ कृष्ण मन्दिर, २९ मृत बेकरी र ३० मा अन्तिम आईपुग्ने दौड सकिने विन्दु पोखरा रंगशाला गेट नं ५ । स्मरण रहोस् माघ ३ गते हुने म्याराथन बिहान ७ वजे पोखरा रंगशालाबाट शुरु भई बिहान १०.५ मा समापन हुने भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो ।