पोखरामा ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाईते

0
1706

 

कास्की । पोखरामा भएको सडक दुर्घटनामा परी एक जना गम्भीर घाईते भएका छन् । पोखरा महानगरपालिका – २ अर्चलबोटमा   बुधबार साँझ अन्दाजी  साढे ६ बजेको समयमा  मालबाहाक ट्रक र स्कुटर  एक आपसमा ठोक्किँदा  स्कुटर चालक  पोखरा -२ का   ६५ वर्षीय जीवन पराजुली सख्त घाईते भएका छन् । बाग्लुङ्गबाट पोखरा आउदै गरेको ना ६ ख २४२ नम्वरको  माल बाहाक ट्रक र ना २ प ६३०९ नम्वरको स्कुटर एकआपसमा ठोक्किदा  दुर्घटना भएको हो । दुर्घटना लगत्तै घाईतेलाई उपचारका लागि  पोखराको मेट्रोसिटि  हस्पटिल लगिएको स्थानीय अम्बिका ढकालले पोखरा पोष्टलाई जानकारी दिइन् ।
तस्बीर :अम्विका ढकाल