लोकप्रिय विद्यार्थी नेताको रुपमा चिनिदै कास्कीका विद्यार्थी नेता बिकास थापा

0
1255

ने.बि.संघ कास्कीका नि बर्तमान सभापति बिकास थापालाई नेपाल विद्यार्थी संघका नि बर्तमान केन्द्रीय सभापति नैनसिंह महरको कार्यसमितिले नेपाल विद्यार्थी संघ कास्कीको नेतृत्वको जिम्मा दिएको थियो। आफ्नो काँधमा नेपाल विद्यार्थी संघ कास्कीको जिम्मा आएपछि नेता थापाले विभिन्न विद्यार्थी आन्दोलनहरुको नेतृत्व गरेर र भ्रष्टाचार विरुद्धका मुद्दाहरुलाई आत्मसाथ गरेर अघि बढेका थिए।

देशमा कम्युनिष्टको दुई तिहाइको सरकार, कहिले करमा वृद्धि त कहिले पेट्रोलियम पदार्थमा मुल्य वृद्धि, जनतामा परेको त्यो कर र मुल्य वृद्धिको भारलाई घटाउन आफ्नो कार्यकालमा विद्यार्थी नेता थापाले कास्कीमा प्रधानमन्त्री के.पि.ओलिको पुत्ला दहन देखी जिल्लाका सिडियोलाई चेतावनी दिनेसम्मका आन्दोलनको नेतृत्व गर्दै कास्की आन्दोलनमय बनाएका थिए।
नेता थापाले दुइ तिहाइको कम्युनिष्ट सरकार विरुद्ध  कास्कीका प्रमुख सडकहरु आफ्नो कब्जामा लिएर सडकमा राके जुलुस गर्दै  सडक आन्दोलन गर्न समेत पछि हटेनन।

पोखरा फेवातालको ६५ मिटर मापदण्डको बिषयमा पनि करिब ७००० कस्केली पीडित जनताको पक्षमा उभिएर विद्यार्थी नेता थापाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारलाई जनताको पक्षमा निर्णय गरि उचित मापदण्ड दिएर मात्र ६५ मिटर कार्वनयन गर्न दबाब दिएका थिए। कास्कीका सम्पुर्ण जनप्रतिनिधि, बुद्धिजिबी एबम पीडित पक्षको छलफलमा थापाले उक्त अडान लिएर जनप्रतिनिधिलाई दबाब दिएका हुन।

बिकास थापाले विभिन्न तहमा नेपाल विद्यार्थी संघ बिस्तार गरेर  माध्यमिक बिधालय देखि बिश्वबिधालयसम्मका सम्पुर्ण क्रियाकलापलाई मध्यनजर गर्दै विद्यार्थीको हक, हितका लागि आवाज उठाउँदै अघि बढेका थिए। त्यही क्रममा पोखरा-६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक बिधालयमा भएको आर्थिक अनियमितता पर्दाफास गरि विद्यार्थी आन्दोलन गरेर नेता थापाले बिधालयकी प्रधानाध्यापकलाई कारबाहीको दायरामा ल्याउन समेत सफल भएका थिए। उक्त आन्दोलन विद्यार्थी नेता थापाको पहलमा पोखरा-६ बैदाम वडा इकाई ने.बि.संघको नेतृत्वमा भएको थियो।

यसरी नै विभिन्न आन्दोलनको नेतृत्व, भ्रष्टाचार विरुद्धको अभियान, जनताको पक्षमा अडान जस्ता क्रियाकलापले गर्दा विद्यार्थी नेता बिकास थापा कास्कीका लोकप्रिय विद्यार्थी नेता भनेर चिनिने गरेका छन।