हरिषचन्द्र वाग्ले क्रियाशील पत्रकार महिला पुरस्कार घोषणा

0
909

पोखरा ।

शिक्षासेवी स्व. हरिषचन्द्र वाग्लेको नाममा हरिषचन्द्र वाग्ले क्रियाशील पत्रकार महिला पुरस्कार घोषणा गरिएको छ ।
स्व. वाग्लेकी धर्मपत्नी साहित्यकार ,कलाकार एवं सामाजसेवी चन्द्रावती वाग्लेले १ लाख  १ हजार १ सय ११ रुपैयाँको  अक्षयकोष मार्फत पुरस्कार घोषणा गर्नु भएको हो ।
उहाँले क्रियाशील पत्रकार महिलालाई पत्रकारिताको क्षेत्रमा थप उर्जा प्रदान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको बताउँदै सो रकम बराबरको चेक क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पगेनीलाई हस्तान्तरण गर्नु भएको थियो ।
पुरस्कार क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशले सञ्चालन गर्नेछ ।  गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पत्रकार महिलाले कोष मार्फत प्राप्त ब्याजबाट पुरस्कार पाउनेछन् ।