पोखरा ।
गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले फिलाटेलिक (हुलाक टिकट) बारे सरकारको ध्यान पुग्न नसकेको बताएका छन् । मंगलबार पोखरामा फिलाटेलिक सोसाइटीको छैठौं साधारण सभा तथा पर्यटन वर्ष उत्सब समारोहको उद्घाटन गर्दे मन्त्री लम्सालले भने, ‘बिश्वमा फिलाटेलिक सम्बन्धी वर्षेनी प्रर्दशनी र प्रतियोगीता हुन्छ तर नेपालमा सरकारको नै फिलाटेलिकको बिषयमा ध्यान पुग्न सकेको छैन ।’
हामीले पर्यटन बर्ष मनाइरहेका छौं, मन्त्री लम्सालले भने , ‘नेपालको परिचय अन्तर्राष्ट्रियस्तरमा पुर्याउन हुलाक टिकटले महत्वपुर्ण भुमिका खेल्छ ।’
फिलाटेकिल बारे प्रचार प्रसार र संरक्षण नहुँदा नयाँ पुस्तामा फिलाटेलिकको बिषयमा जानकारी कम हुँदै गएको प्रति चिन्ता ब्यक्त गर्दे मन्त्री लम्सालले गण्डकी प्रदेश सरकार यस बिषयमा काम गर्नको लागि तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै क्रियाशिल पत्रकार महिला (wwj)गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पगेनीले गण्डकी प्रदेशमा फिलाटेलिक संग्रालयको स्थापना गर्न सके फिलाटेकिको बिषयमा प्रचार -प्रसार र संरक्षण मार्फत पर्यटन पर्बद्धनमा समेत टेवा मिल्ने बताइन् ।
कार्यक्रममा फिलाटेलिक क्षेत्रमा योगदान पुर्याएको भन्दै क्रियाशिल पत्रकार महिला(wwj) गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पगेनी , समाजसेवी बिष्णु तिवारी,कृण्ण श्रेष्ठ,मोती श्रेष्ठ,निरञ्जन श्रेष्ठ र वालाजु थापालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक सचिव तुल्सीराम खड्काले सरकारले फिलाटेलिक बिषयलाइ पाठ्यक्रममा राख्न आग्रह गरे ।उनले भिजिट नेपाल २०२०का अवसरमा सरकारले भिजिट नेपाल लोगो अंकित टिकट प्रकाशन गर्नु पर्नेमा समेत जोड दिए ।
फिलाटेलिक सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद भट्ठराईको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमी गोमा ढकाल,लक्ष्मी आर्दश माबिका बिष्णु तिवारी,समाजसेवी कृण्ण श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रममा कलाकारहरुले बिभिन्न साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।