रु ७ करोडको लागतमा पोखरामा खस आर्य संग्राहलय बन्दै

0
1164
पोखरा ।  खस आर्य संग्राहलयको निमार्ण कार्यको शुरुवात भएको छ । क्षत्री समाज नेपाल केन्द्रीय कार्यलयको परिसरमा निर्माण शुरु गर्न लगिएको संग्राहलय शिलन्यास गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले गरेका छन् ।
सो अवसरमा मन्त्री गुरुङ्गले नेपालको भौगोलिक अवस्था अनुसार जातजातीको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गनुपर्ने र यसमा कुनै राजनितिक रुपमा नलिई संघीयतालाई मजबुत बनाउनुपर्ने बताए ।
आदीवासी भन्ने होडको अन्त्य गरी संघीयताको मर्म र भावना बुझन्न सबै जातीले जिम्मेवारी लिनुपर्ने बताए ।
पूर्व मन्त्री एवं प्रदेश सासंद कुमार खड्काले जातिय सद्भावका लागि खस आर्य संग्राहलय महत्वपूर्ण हुने बताए ।
प्रदेश सांसद कृष्ण थापाले सबैले स्वीकार गर्ने सबैको सहभागीता रहने संग्राहलय निर्माणमा जोड दिनुपर्ने बताए । प्रदेश सांसद बिन्दु कुमार थापाले विकास निर्माणमा सबै पार्टी एक हुनुनै आजको आवश्यकता रहेको बताए ।
त्यस्तै क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दिल बहादुर क्षत्रीले समाजले सदैब सबै जातिको सम्मानका लागि आन्दोलन गरेकोले संग्राहलय तथा बहुउद्देश्यीय भवन निर्माणले थप टेवा पुग्ने बताए ।
निर्माण समितिका अध्यक्ष प्रेम बहादुर जि.सी.ले पहिलो चरणको निर्माणमा प्रदेश सरकारले सहयोग गरेको र बाँकी कार्यलाई आम क्षत्री, स्थानीय निकायबाट सहयोग सङ्कलन गरी १ वर्ष भित्र ७ करोडको लागतमा पूर्ण रुपमा संचालन गर्ने योजना रहेको बताए ।
पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले स्थानीय स्तरबाट संग्राहलय निर्माणमा सहयोग गर्ने बताए । सोही कार्यक्रममा नापी कार्यलयका प्राविधिक ऋषि थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा निर्माण अनुगमन समितिका संयोजक कृष्ण थापा, निर्माण समितिका उपाध्यक्ष उर्मीला खड्का, सचिव पदम बहादुर कार्की, पण्डित सोमनाथ सुवेदी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।