एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोभिड–१९ को सङ्क्रमण

0
809

बेइजिङ। चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रवार जानकारी गराएको छ। यो सङ्ख्या कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका कूल विरामीको ३.८ प्रतिशत हो।

एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भन्नुभयो, “सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।” कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या कूल मृतक सङ्ख्याको ०.४ प्रतिशत रहेको उनले बताए।

सिन्ह्वा,