काठमाडौं । विश्वेश्वर प्रसाद कोइरालासंग संगसंगै काम गरेका प्रजातान्त्रिक आन्दोलनका योद्धा भागवत ज्ञवालीको निधन भएको छ । निष्ठावान चरित्रका कांग्रेस नेता ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।
उनी नेपाली कांग्रेसका पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति समेत थिए ।
२००१ सालमा गुल्मीमा जन्मिएका ज्ञवाली २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए। ।
उनका श्रीमती दुई छोरा र तीन छोरी छन् ।