सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी र ध्रुव तारा बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण घोषणा

0
1413

पोखरामा दुई सहकारीबीच एकिकरण भएको घोषणा गरिएको छ । पोखरा- १२ स्थित सिद्धार्थ गौतम बचत तथा ऋण शहकारी संस्था र पोखरा -४ मा रहेको ध्रुवतारा बचत तथा ऋण सहकारी संस्थाबीच शनिबार पोखरामा एक औपचारीक कार्यक्रम आयोजना गरेर एकिकरण भएको घोषणा गरिएको हो ।

दुवै सहकारीले स्थापनाको ७-७ वर्षसम्म बचत तथा ऋणका क्षेत्रमा राम्रो काम गर्दै आएकोमा सरकारले लिएको मर्जरको नीति अनुसार सहकारी ऐन २०७४ र नियमावली २०७५ अनुसार लामो समयको छलफल पछि एकिकरण भएको घोषणा गरिएको दुवै संस्थाका पदाधिकारीले बताएका छन् ।

नेपाल सरकार भूमि व्यवस्था, कृषि तथा शहकारी मन्त्रालयका शाखा अधिकृत भूपेन्द्र विनायक थापाको रोहबरमा आजै दुवै पूराना संचालक समिति भंग गरेर नयाँ संचालक समिति निर्विरोध निर्वाचित गरिएको हो । निर्वाचन मण्डलका संयोजकमा प्राज्ञ सभासद सूर्य खड्का बिखर्ची रहनु भएको थियो ।

अध्यक्षमा खेम बहादुर गुरुङ एकिकरण भएको शहकारीको नाम सिद्धार्थ गौतम बचत तथा ऋण शहकारी संस्था राखिएको छ भने अध्यक्षमा खेम बहादुर गुरुङ चयन हुनु भएको छ । उपाध्यक्षमा जगदिश गौतम, सचिवमा सरिता तिम्सिना पगेनी, कोषाध्यक्षमा याम बहादुर गुरुङ रहनु भएको छ । सदस्यहरुमा धन बहादुर गुरुङ, मोहनमाया गुरुङ, सुन कुमारी गुरुङ, रामप्रसाद खतिवडा र प्रकाशसिंह भण्डारी रहनु भएको छ । यस्तै लेखा समितिमा संयोजक गेश बहादुर गुरुङ चयन हुनु भएको छ भने सदस्यहरुमा सुवेदार केहरसिंह गुरुङ र भूवन लोहनी रहनु भएको छ ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा वडा नं १२ का अध्यक्ष राम बहादुर कार्किले फुट्नु भन्दा जुटेको कुरा धेरै राम्रो हो भन्दै शेयर सदस्यहरुले, शहकारी मन भएका सदस्यहरुले धनमा मन लगाएर पारदर्शि भएर जान सल्लाह दिनुभयो । सरकारले कृषि उत्पादनका क्षेत्रको लगानिलाई दिएको अवस्थामा शहकारीहरुले यसतर्फ ध्यान दिन आवस्यक भएकोमा जोड दिनुभयो ।

भूमि ब्यवस्था, कृषि तथा शहकारी मन्त्रालयका शाखा अधिकृत भूपेन्द्र विनायक थापाले शहकारीहरुले कागजि कृषिको काम नगरि नतिजा देखिने गरि कृषि उत्पादनका क्षेत्रमा लगानि गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ः“कानून कठोर भएको पक्कै लाग्ला तर सबैले पारदर्शि भएर उत्पादनका क्षेत्रमा काम गर्नुपर्छ, कामको हामीले अनुगमन पनि गर्छौं ।”

कार्यक्रममा ध्रुवतारा बचतका एकिकरण पूर्वका अध्यक्ष जगदिश गौतम, चापापानी सिद्धार्थ शहकारीका अध्यक्ष नरेश कार्कि, भिजन शहकारीका अध्यक्ष श्रीमान गुरुङ, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद वास्तोला, ध्रुव ताराका संस्थापक अध्यक्ष शिवप्रसाद पराजुली, कास्की बचत तथा ऋण शहकारी संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना, आस्था बचत तथा ऋण सहकारीका अध्यक्ष जगन्नाथ अधिकारी प्राज्ञ सभाषद सूर्य खड्का बिखर्चीले दुई शहकारी ध्रुवतारा र सिद्धार्थबीचको एकिकरणले शहकारी क्षेत्रमा नमूना उदाहरण प्रस्तुत गरको बताउनु भयो । कार्यक्रम खेम बहादुर गुरुङको अध्यक्षतामा भएको थियो।