सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र : गौरिफण्टामा लाठी चार्ज

0
479

 दीपेन्द्र बस्नेत डोकेबजार। 

 भारतको विभिन्न स्थानहरुबाट घर फर्केर गौरीफन्टा नाका संगैको डोकेबजारमा अलपत्र अबस्थामा रहेका छन् । भारतबाट घर फर्कन नेपाल भारत सीमा नाका गौरीफन्टा भएर कञ्चनपुरको डोकेबजार पुगेका उनिहरु नेपालमा लक डाउन भएपछि सयौं नेपालीहरु सीमा क्षेत्रमा फसेका छन् ।

अलपत्र नेपालीहरु लक डाउनको अवज्ञा गर्दै नेपाल धनगढी तर्फ भित्रिन खोजेपछि लाठी चार्ज भएको छ । स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गर्नु परेको बताइएको छ । नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन्। उनीहरु दशगजना क्षेत्रबाट नेपाली भुमीमा प्रवेश गरिसकेका छन्। सीमा संगैको मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपी कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन्। भारतका बिभिन्न प्रान्तबाट हिजो साँझ कञ्चनपुर कैलाली संगै जोडिएको भारतीय नाका गौरीफन्टा र पश्चिमी नाका बनवासा गड्डाचौकी पुगेका सयौं नेपालीहरु लक डाउनका कारण नेपाल प्रबेश गर्न पाएका छैनन ।

अलपत्र यात्रुहरुले रातभरी सीमामाको खुल्ला चौरमा रात गुजारेका थिए । गएराति देखि आफुहरुले केही खान नपाएको गुनासो गरे । रातभरी भोकै रहेका उनीहरुले नेपाल प्रबेश गर्न पाउनु पर्ने भन्दै सीमा क्षेत्रमा नारावाजी समेत गरिरहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमामा रहेका नेपालीहरुको व्यवस्थापनका लागि पहल भईरहेको बताए ।