यसकारण कोरोना भाईरस विरुद्ध लड्न हात धुने गरौं

0
945

माईक्रोस्कोपबाट हेर्दा कोरोना भाईरसको आवरण Crown जस्तै देखिने भएकाले यसलाई ‘Corona’ भनिएको ।
Crown भन्दा भित्र तर भाईरसको बाहिरी पत्र (Outer Layer) तेलीय (चिल्लो) पदार्थ (Lipids) ले बनेको हुन्छ ।
मानौं, कोरोना भाईरस हामीले माझ्नुपर्ने तेलीय (चिल्लो) पदार्थ जमेको भाडाँ(Dish) हो । यस्तो भाँडामा भएको चिल्लो पानीले मात्रै पखाल्दैन, साबुन लगाएरै मस्काउनुपर्छ र पखाल्नुपर्छ।
ठिक त्यस्तै कोरोना भाईरसको तेलीय पत्रलाई हटाउने प्रभावकारी उपाय नै साबुनपानीले हात धुनु हो । साबुन पानीले धोएर भाईरसको त्यो बाहिरी पत्रलाई फालिदिनुभयो भने भाईरस भौतिक रुपले निष्क्रिय हुन्छ र शरिर भित्रका कोषहरुमा प्रवेश गर्न सक्दैन ।
साबुनले कसरी काम गर्छ ?
साबुनमा रहेका प्रत्येक अणुहरु(molecules) मा टाउको (Heads) र पुच्छर (Tails) भनिने दूईवटा भागहरु हुन्छन् । टाउकोको भाग पानीसंग घुलमिल हुने तर पुच्छर भाग पानीसंग नमिल्ने हुन्छ । पानीबाट अनियन्त्रित भई escape हुने क्रममा साबुनको त्यो पुच्छर भनिने भागले भाईरसको बाहिरी तेलीय (चिल्लो) पदार्थलाई जोडले फालिदिने गर्दछ। साबुनपानीले हात धुँदा मिचेर(२० सेकेण्ड सम्म) जति फिँज निकालिन्छ त्यति यो प्रक्रिया सफल हुन्छ । जब भाईरसको बाहिरी पत्रलाई साबुनपानीले टुक्रयाई पखालिन्छ, भाईरस मर्छ र सक्रंमण फैलिदैंन ।
(स्रोत : CNN बाट अनुवाद)