राहत वितरण व्यवस्थित र व्यावहारिक बनाउन कास्की कांग्रेसकाे आग्रह

0
466

नेपाली काँग्रेस कास्कीले सरकारले उपलब्ध गराउन लागेको राहतलाई व्यवस्थित र व्यावहारिक बनाउन माग गरेको छ ।

पार्टीका तर्फबाट जिल्ला सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राहत वितरणका लागि तयार पारिएको मापदण्ड अव्यावहारिक र झन्झटिलो भएकाले त्यसलाई सहज बनाउन माग गरिएको छ ।

विज्ञप्तिमा कोरोना बाहेक अन्य बिरामीको अवस्थाप्रति पनि सम्वेदनशील हुँदै  उपचार व्यवस्था मिलाउन माग गरिएको छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेसँग मापदण्ड अनुुसारको कागजपत्र हुन सक्ने अवस्था नरहेको भन्दै व्यवहारिक भएर राहत उपलब्ध गराउन माग गरेको हो ।

दैनिक ज्यालादारी र मजदूरी गर्नेसँग मापदण्डअनुुसारको कागजपत्र हुनसक्ने अवस्था नरहेका कारण व्यावहारिक भएर राहत उपलब्ध गराउनुपर्ने भन्दै काँग्रेसले गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा पोशाक र उपकरणलगायतको अभाव हुँदा परीक्षण र उपचारमा ढिलाइ हुन नहुने उल्लेख गरेको छ ।

विज्ञप्तिमा गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा पोशाक र उपकरणलगायतका सामग्री अभाव हुँदा आवश्यक परीक्षण र उपचारमा ढिलाई हुनु चिन्ताजनक विषय भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

 

कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलका अनुसार, समस्यामा परेकालाई सहयोग गर्न र विपन्नलाई राहत उपलब्ध गराउन नामावली संकलनमा सक्रिय बन्न कास्की काँग्रेसले सबै इकाइलाई आग्रह गरेको छ ।