कोरोना भाइरसको परिक्षण आजदेखि पोखरामा शुरु, परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

0
382

कास्की ।
हाल विश्वभरी महामारीको रुप लिइरहेको नोवेल कोरोना भाइरस (कोभिड १९) को परिक्षण बुधबार देखि पोखरामा पनि शुरु गरिएको छ । अहिले सम्म कास्की जिल्लाबाट २२ जनाको नमुना संकलन गरिएकोमा १४ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ८ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका डा.बिनोद बिन्दु शर्माले पोखरा पोष्टलाई जानकारी दिएका छन् ।
बुधबार दिउँसो ३ बजेसम्म परीक्षण गरिएका मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको हो । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको प्रयोगशालामा मंगलबार जडान गरिएको पीसीआर मेशिनले १ घण्टामा १ जनाको कोरोना परीक्षण गर्न सक्ने बताइएको छ ।