विदेशबाट चैत महिनामा ३९८ जना पोखरा भित्रिए

0
546

पोखरा  । पोखरा महानगरपालिकामा चैत १ गतेपछि विदेशबाट करिव चार सय जना आएका छन् ।पोखरा महानगरपालिकाले ३३ वटै वडाबाट संकलन गरेको तथ्याङक अनुसार चैत महिनामा ३ सय ९८ जना विभिन्न देशबाट पोखरा भित्रिएका हुन् ।

पोखरा महानगरले सबै वडा कार्यालयलाई विदेशबाट आउनेको तथ्याङक संकलन गरेर पठाउन निर्देशन दिएको थियो । वडाहरुले महानगरमा विदेशबाट आउनेहरुको तथ्याङक बुझाएका छन् । तथ्याङक अनुसार कतार एरवेजबाट पोखरा आउनेको संख्या दुई रहेको छ । उनीहरु पोखरा वडा नम्वर १० र १४ मा एक-एक जना रहेका छन् ।