नेपालमा कोरोना संक्रमितको संख्या छ पुग्यो

0
742

नेपालमा कोरोना संक्रमितको संख्या छ पुगेको छ।नेपालमा पुष्टि भएको छैँटौँ संक्रमित कतार एयरवेजको चैत ४ गतेको उडानमै काठमाडौँ फर्किएकी थिइन्।

उनी बाग्लुङमै उपचारका क्रममा रहेको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ। बाग्लुङबाट स्वाब परीक्षणका लागि टेकु ल्याइएको थियो। टेकुस्थित प्रयाेगशालामा बिहीबार गरिएकाे परीक्षणबाट उक्त संक्रमण पुष्टि भएकाे स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जानकारी दिए।

कतार एयरवेजको क्युआर ६५२ बाट नेपाल आएकी ती युवती बाग्लुङमा यसअघि कोरोना संक्रमण देखिएको युवती चढेकै जहाजमा नेपाल आएकी हुन्। योसँग नेपालमा कोरोना संक्रमितको संख्या छ पुगेको छ।