आखिर मान्छे बाँचे त संसार रहन्छ

0
988

हुन त अहिले कोरोना (Covid-19) ले गर्दा पूरै विश्व नै शोकको घडीमा डुबेक‍ छ। करडौँ आँखाहरू एउटै पीडाका घाउले रोइरहेछन् छन् भने कयौं मुटुभित्र एउटै सन्त्रासका आगोले डामी रहेक‍ो छ ।
कुन दलित, कुन आर्य, कुन मुसलमान, कुन आचार्य, कुन गरिब, कुन धनि, कुन मज्दूर र कुन डाक्टर, कुन धर्मी र कुन अधर्मी सबैसबै बिर्सिएर मरिन्छ कि भन्ने त्रास र बाँच्न पाए हुन्थ्यो भन्ने आशमा छन् भने नजिकै रहेको कोरोना भाइरस मृत्युको प्यासमा छन् ।
वस्तवमा भन्नुपर्दा, दिनानूदिन भैरहेको कोरोनाको संक्रमणले लाखौँ मानिसहरू संक्रमण र हजारौँ मानिसहरू मरिरहेका खबरले यतिखेर पूरै विश्व नै स्तब्ध भएको छ । पूरै विश्व नै मेरो मुठ्ठीमा छ सोच्ने अमेरिकाजस्तो शक्तिशली देश पनि अहिले निरिह बनेको छ ।
यही मौकालाई फाइदा उठाएर कसैले मजाकको रूपमा टिक्टोक बनाए । कतिले गीत बनाए । कतिले सिरियल नै बनाए ।
यस्तै सृजनाहरूमध्ये भरखरै एउटा पृथक किसिमको गीत आएको छ जसले देश मात्र नभएर पूरै विश्व नै हाम्रो घर रहेछ भन्ने सन्देश बोकको छ ।गीत नेपाली रहे पनि स्वादमा भने बिलकुल अङ्ग्रेजी मसला हालिएको एक नयाँ अनुभूति हुन्छ ।
जुन गीतले आफ्नो देश, जाति, संस्कृति,भाषा, धर्म र भूगोलको सीमाभन्दा पनि माथि उठेर अहिले सम्पूर्ण मानव एउटै परिवार, संसार नै एउटै घर हो र अहिले भैरहेका बीभत्स मृत्युहरू पनि एउटै हुन् भन्ने सन्देश दिएको छ ।
संसारमा मान्छे बाँचे, संसार रहन्छ । संसार रहे देश रहन्छ । देश रहे धर्म, भेष, संस्कृति र जात रहन्छ । यी सबै चीजै नरहे दुनियाँमा केवल शून्य शेष रहन्छ ।
त्यसैले, ”मेरो विश्व मेरो घर” भन्ने स्लोगनलाई ध्यानमा राखेर कवि तथा गीतकार प्रकाश सुवेदीले लेखेको शब्दमा ,
साहस शाक्यको सङ्गीत, सङ्गीत संयोजन र स्वर, टि. एन. भट्ट (विश्वामित्रको) अङ्ग्रेजी भाषानुवाद र विरेन्द्र भाट (विपिन) को लिरिकल भिडियो सम्पादन रहेको छ । अाशा छ यो गीत छिट्टै नै अङ्ग्रेजी भाषामा पनि गाइनेछ।

https://www.youtube.com/watch?v=FmwNke6ObzI

राजा बाबू सागरकको गीति समीक्षात्मक लेख