कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना पोजेटिभ

0
396
 धनगढी । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस ९कोभिड – १९० पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण देखिएको छ भने अरु दुई जना बाहिय संक्रमित हुन् ।
स्रोतका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित व्यक्तिका भाउजु हुन् । ३४ बर्षीया महिलामा यो संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरसको स्थानीय तहमा समेत संक्रमण देखा पर्न सुरु गरेको छ ।
आठौँ केश लम्की कैलालीका पुरुषमा देखिएको छ । २१ बर्षीय पुरुष केही समय अघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा रहेका थिए । नवौँ केश बेदकोट कञ्चनपुरका ४१ बर्षीय पुरुषमा देखिएको छ । उनी भारतको उत्तराखण्डबाट नेपाल आएका हुन् । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।
गय राती १२ बजे नै केश पोजेटिभ देखिएपछि तिनै जनालाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीमा ल्याएर आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।