काेराेना महामारीको तयारी, जब पर्यो राती, अनि बुढी ताती

0
845

 

प्रकाश खनाल 
जब चाइनाको बुहान प्रान्तलाई इपिसेन्टर बनाएर,बिश्वब्यापी रूपमा कोभिड १९ फैलिरहेको थियो, त्यतिबेलासम्म यो देशका परराष्ट्र मन्त्री र पर्यटन मन्त्रीहरू, दुनियाँका मुलुकहरूमा नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसारमा मस्त देखिन्थे। यिनिहरु सगसगै कोरोना भाइरस पनि आगनबाट घर भित्र पस्न के थालेको थियो ,अनि बल्ल ,”जब पर्यो राती, अनि बुढी ताती” भने जसरी,SEE लगाएत बिश्वबिद्धालयका परिक्षा स्थगन गरेर देश भर लकडाउन घोषणा गरियो । र यतिबेला यही लकडाउनलाई नै सरकार ,आफुलाई अरु मुलुक भन्दा एक कदम अगाडि छु भन्ने आत्मारतिमा रमाएको छ ।

यति संवेदनशील घडीमा प्रकोप नियन्त्रणका लागी,प्रयाप्त समय हुदाहुदै पनि,पुर्व तयारीका लागि आवस्यक स्वास्थ सामाग्रीको जोहो मिलाउने कार्यमा सिन्को भाच्ने काम हुन सकेन । निन्द्राबाट बिउझे जसरी चैत्र ११ गते एक्कासि लकडाउन गरेपछि बल्ल सरकार तात्न थाल्यो । समय धेरै भेड्किसकेको थियो । संक्रमणले बिश्वब्यापी रुप धारण गरिसकेको थियो ।हामी जो जस्का भरमा अहिलेसम्मको गुजारा गर्दै थियौ ।,उनीहरुको आफ्नै हालत खराब भैसकेको थियो । नेपाल सरकार स्वयंले छिमेकी मुलुक चिनमा माक्सको अभाव देखेर माक्स सहयोग गरेको पनि थियो । त्यति ठुलो मुलुकलाई समेत सामान्य चिजको अभाव हुदोरहेछ भने ,मामुलि सियो बन्न नसक्ने मुलुकमा महामारीको तयारीका बारेमा सोच्नुपर्ने होईन र ?

अझै पनि सरकारी संयन्त्रहरु,अझ बिशेश गरि प्रधानमन्त्री ओलि निकस्थ केही मन्त्री र सिङ्गो सचिवालय ,आफ्ना कमिकमजोरीलाई सुधारेर मुलुकलाई एकतबद्द पारेर सबैको सहयोग लिएर मानव सभ्यताको रक्षाका खातिर ,उच निच का कुरालाई तपसिलमा राखेर कोरोना विरुद्धको युद्धमा जुट्नु सट्टा ,अत्यन्तै तल्लो स्तरमै प्रतिवाद र प्रतिकारमा उत्रनु अत्यन्तै निन्दनीय कुरा हो । वर्तमान सरकारले एउटा कुरा राम्रोसँग बुझोस , देश भित्रका कार्यकर्ता र जनता बिनाका पार्टीले पनि ,एउटा साधारण पर्चाका भरमा आह्वान गर्ने नेपाल बन्दमा समेत ,त्यसको पुरै प्रभाव पर्ने हाम्रो मुलुकमा ,नागरिकको आफ्नै रक्षाका निमित्त सिङ्गै राज्यले गरेको लकडाउनमा भएको सफलतालाई नै सरकारको सबैभन्दा ठूलो उपलब्धि मान्नु,नेपाली जनतालाई अझै मूर्ख बनाउनु हो ।

तसर्थ अब हामिसग जति समय बाकी छ ,यसको भरपुर उपयोग गर्दै , किन्तु परन्तु नभनिकन सबै पक्षको साथ र सहयोग लिएर साझा लडाइँमा गोलबन्द गरेर,आम नेपाली जनताको जीवन रक्षाको बाटो तय गर्नुनै अहिलेको एकमात्र विकल्प हो ।