कास्की । नेपाल औषधी थोक ब्यबसायी संघले पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताललाई कोरोना भाइरस स्वाव कलेक्सन बुथ सहयोग गरेको छ ।
शनिबार नेपाल औषधी थोक ब्यबसायी संघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र मल्लले अस्पतालका निर्देशक डा. अर्जुन आचार्यलाई कोरोना भाइरस स्वाव कलेक्सन बुथ हस्तान्तरण गर्नु भएको हो।
औषधी थोक ब्यबसायी संघ ,गण्डकी प्रदेशको अनुरोध तथा पोखरा विश्व विद्यालयको प्राबिधिक सहयोगमा पोखरा UPVCउद्योगमा उक्त बुथ निर्माण गरिएको नेपाल औषधी थोक ब्यबसायी संघ गण्डकी प्रदेशका सचिबगोपाल अधिकारीले पोखरा पोष्टलाई जानकारी दिनुभएको छ ।
बुथले स्वास्थकर्मी र ल्यावमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस बाट हुने प्रतक्ष्य संक्रमण बाट बचाउनका साथै स्वास्थ्यकर्मीको मनोवल बढाउन सहयोगी भुमिका खेल्ने अस्पतालका निर्देशक डा .अर्जुन आचार्य बताउनुभयो ।
बुथको सुरक्षा र प्राबिधिक पक्षका बिषयमा पोखरा बिश्व बिद्यालयका उप -कुलपति प्रा .डा .ईन्द्र प्रसाद तिवारी ,अस्पतालका निर्देशक डा .अर्जुन आचार्य तथा इन्जिनियर रबि भण्डारीले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपाल औषधी थोक ब्यबसायी संघका केन्द्ीय उपाध्यक्ष श्रीराम पराजुली ,गण्डकी प्रदेशका उपाध्यक्ष काशीनाथ काफ्लेले बुथको ब्यबस्थापन र आर्थीक पक्षका बिषयमा जानकारी गराउनु भएको थियो ।