वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी  कैलालीकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ

0
760

 

 

टीकापुर : कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

टीकापुर अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो।  र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको  काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ।

सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन ।

उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन्। वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए।

यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ।