अलपत्र पैदल यात्री प्रती कांग्रेस संगठन बिभाग प्रमुख श्रेष्ठको ध्यानाकर्षण

0
870

नेपाली काँग्रेस संगठन विभागका प्रमुख तथा पुर्ब उप-प्रधानमन्त्री गोपालमान श्रेष्ठले काठमाडौं लगायतका ठाउँबाट पैदल हिडेर घर जान बाध्य नागरिकको सहजिकरणका लागि तत्लो तहका आफ्ना पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी पैदल यात्रुहरुलाई खान बस्नेका साथै गन्तव्यसम्म पुग्नका लागि सहजीकरण गरिदिन पार्टीका जिल्ला, क्षेत्र, नगर, गाँउ समितिहरु र भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध नेता कार्यकर्तालाई अपिल गरेका हुन्

ज्यालामजदुर र विद्यार्थी लगायतलाई लकडाउनको बेला सम्बन्धित स्थानमा बस्न असहज परिस्थिति सिर्जना हुँदा पैदल यात्रा गरेर घर जाने बाध्यता आएको उनको भनाइ छ । श्रेष्ठले भने, ‘लकडाउनको अवधिमा नागरिकको उचित हेरचाह गर्नु राज्यको प्रमुख दायित्व हो ।

तरपनि, केन्द्र सरकारको अपरिपक्क र पटक पटकका अविस्सनीय निर्णयको कारण व्यक्तिहरु पैदल मार्फत पनि यात्रा गर्न बाध्य छन् ।’ पैदल यात्राका क्रममा अलपत्र परेका घटनाहरु निकै करुणादायी र हृदयविदारक भएको उनले बताए । सरकारको निर्णयका कारण आफूहरुले चाहेर पनि बाटोमा अलपत्र परेका नागरिकलाई सवारीसाधन मार्फत गन्तव्यसम्म पुर्याउन नसकिएको उनको भनाइ छ ।