राहुल गुप्ता, बिरगन्ज ।
पर्साकाे पोखरिया अस्पतालमा सेनिटाइजर बुथ जडान गरिएकाे छ । पोखरिया नगरपालीकाे वडा नं. ४ पाेखरिया स्थित रहेको पोखरिया जिल्ला अस्पतालमा आज सेनिटाइजर बुथकाे स्थापना गरिएकाे हाे । नगर प्रमुख दिपनारायण रौनियार र पाेखरिया युवा समाजको पहलमा जनता समाजवादीका पार्टीका नेता नेजामुद्दिन समानी, तारा देवी सरावगी, मुकेस सरावगी लगायतकाले सेनिटाइजर बुथकाे स्थापना गरेका हुन् ।
बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट बाच्न पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा रहेकाे पाेखरिया अस्पतालमा सेनिटाइजर बुथकाे स्थापना गरिएकाे हाे । पर्सा क्षेत्र नम्बर ३ का निलम्बित सांसद हरिनारायण प्रसाद रौनियार, प्रदेश नम्बर २ पर्सा क्षेत्र नम्बर ३ ख को प्रदेश सांसद प्रहलाद गिरी, पोखरिया नगरपालीकाकी उप प्रमुख सलमा खातुन, पोखरिया अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष लक्षमण साह कानु , युवा समाजका सुजित गिरी, नौसाद आलम, राकेश महतो लगायतकाकाे उपस्थितीमा पोखरिया अस्पतालका निमित मेडिकल सुपरिटेन्डेड अनिल यादवलाई आज निर्माण भएकाे बुथ हस्तान्तरण गरिएको हाे ।