पुनर्वास मध्य बैशाखमै अचानक अाएकाे बाढीले कञ्चनपुरकाे दक्षिणी क्षेत्रमा दोंदाको बगरमा कृषकको तरकारी बारीमा ठुलाे क्षति पुर्याएकाे छ। साेमबार करिब ३ बजे दाेँदा नदीमा अचानक बाढी अाएपछि बगर खेती गर्दै अाएका कञ्चनपुरकाे लालझाडी,बेलाैरी र पुनर्वासका किसानकाे तरकारी बाली बगाएकाे हाे।
बगरमा काँक्रा, लाैकी, फर्सी, बाेडी, प्याज अादी तरकारी खेती गर्दै अाएका किसानहरूकाे बाली अचानक अाएकाे बाढीले तहस नहस बनाए पछि किसानहरू चिन्तित बनेका छन । लकडाउनका कारण बजारमा समेत तरकारी बिक्री गर्न नपाएका किसानले त्यसमाथि बाढीले भएकाे तरकारी बगाएपछि थप मर्कामा परेका छन। बिगत दस बर्ष देखि बगरमा तरकारी खेती गर्दै अाएका बेलाैरी नगरपालिका ५ भकुण्डाका किसान राम किसन चाैधरीले पाँच कठ्ठामा लगाएकाे तरकारी बाढीले बगाउँदा नब्बे हजार बराबर नाेक्सान भएकाे बताउँछन । अर्का किसान छाेटेलाल रानाकाे दुखेसाे पनि उस्तै छ ।
भर्खर बेच्नलाई तयार भएकाे तरकारी सबै बाढीले बगाएकाे बताउछन। बाढीले अाठ कठ्ठामा राेपेकाे तरकारी बगाए पछि पुनर्वास नगरपालिका १ ढक्काका अर्का किसान जगतराम चाैधरी पनि चिन्तित छन । करिब एक लाख दस हजार बराबरकाे तरकारी बाढीले बगाएकाे उनी बताउछन।
लकडाउनका कारण बजार सम्म पुर्याएर बेच्न नपाएका किसानलाई प्रकृतीले समेत धाेका दिएकाे छ । अन्न बाली छाेडेर तरकारी बालीमा राम्राे हुने अाम्दानी हुने देखेर दाेँदा नदीकाे बालुवामा बगर खेती गरेने किसानकाे तरकारी बाली अचानक अाएकाे बाढीले अाफु सँगै किसानहरूकाे मिहेनत समेत बगाएकाे छ ।