नेपाल प्रवेशमा रोक लगाइएकाहरु एसएसबीको शरणमा ,२ नावालक सहित ७ जनालाई फिर्ता पठाइयो

0
589

 

दीपेन्द्र बस्नेत कञ्चनपुर ,

१८ कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको ३८ औं दिन भारतको गुजरातबाट आएर कञ्चनपुरको पुनर्वास खुला सीमाबाट स्वदेश छिर्न खोजेका २ नावालक सहित ७ जनालाई प्रवेशमा रोक लगाइ बिहिवार फिर्ता पठाइएको छ ।

भारतको गुजरातमा मजदुरीका लागि गएका पुनर्वास नगरपालिका ८ का दिपक बिक , पुनर्वास नगरपालिका ९ का कृष्ण जैसी , पुनर्वास ८ का सागरबाबु काष्ठकार , किसन बिक उनकी श्रीमती सुमित्रा बिक र यी दम्पतीका ४ वर्षिय छोरी आरुसी तथा ४ महिनाका शिशु आयुष लाई भाइरस नियन्त्रणका लागि सीमामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रवेश गर्न नदिई फिर्ता पठाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई नावालक सहित ७ जनालाई भारतीय सीमा सुरक्षा बल एसएसबीको जिम्मा लगाएको हो ।

कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि नेपाल-भारत खुला सीमा परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनिहरुलाई प्रवेशमा रोक लगाउदै भर्पाइ गरेर एसएसबीको जिम्मा लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बिचफाँटाका सशस्त्र प्रहरी निरीक्षक हरीचन्द्र खड्काले बताए । कञ्चनपुरको पुनर्वास स्थित नेपाल-भारत सीमा स्तम्भ १९४ नजिकै बाट नियन्त्रणमा लिइएका उनिहरुलाई भारतको लखिमपुर जिल्ला स्थित एसएसबीको ३९ औं बटालियनको मुख्यालय पलिया स्थित क्वारेन्टाइनमा राखिने भारतीय सीमा सुरक्षा बल एसएसबी घोला क्याम्पका इन्चार्ज सहायक निरीक्षक अमित चन्दले बताए ।