घनश्याम रेग्मी
अमेरिकाको सिकागो सहरका मजदुरले १ मे १८८६ मा ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग राख्दै सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झना गर्दै १ मे १८९० देखि मे दिवस मनाउन थालिएको हो । १ मे १८८६ मा सिकागो सहरमा लाखौं मजदुरले आमहडताल गर्दै सडकमा उत्रिएर विशाल विरोध प्रदर्शन गरे । शासकवर्ग मजदुरको विरोध प्रदर्शनबाट थर्कमान बन्न थाले । शासकवर्गले मजदुरको माग पूरा गर्नुको सट्टा दमन गर्ने नीति अख्तियार गरे । प्रदर्शनकारीउपर हिंस्रक रूपमा अन्धाधुन्ध गोली बर्साउन थालेपछि सिकागो सहरमा रगतको खोला बग्यो । शासकको हिंस्रक दमनको बाबजुद पनि मजदुरको विरोध प्रदर्शन निरन्तर रूपमा जारी रह्यो ।
१४ मे १८८६ का दिन भएको विरोध प्रदर्शनमा ६ जना मजदुर नेताको बर्बर हत्यो भयो । यसले गर्दा आन्दोलन झन् अग्रगतिका साथ अगाडि बढ्यो । झन्डै ४ वर्षसम्मको लगातारको मजदुरको आन्दोलनपश्चात् अमेरिकी सरकार मजदुरलाई ८ घण्टा मात्र काममा लगााउने कानुन बनाउन र मजदुरले राखेको अन्य माग पूरा गर्न बाध्य भयो । यसरी मजदुरले आन्दोलनबाट विजय हासिल गरेको दिनको सम्झना गर्दै थप अधिकार प्राप्तिका लागि अगाडि बढ्ने दिनका रूपमा १ मे गौरवमय इतिहासले भरिपूर्ण छ ।
(१ मेलाई दिवसका रूपमा मनाउन सन् १८९० मा एंगेल्सको अगुवाइमा भएको दोस्रो कम्युनिस्ट इन्टरनेसनलको सम्मेलनमा छलफल भई निर्णय भएको आधारमा १ मे १८९० देखि विश्वभर मे दिवस मनाउन थालिएको हो ।यसरी यो दिबसलाइ बिभिन्न देसमा बिभिन्न तरिकाले मनाउने गरेका छन्। नेपालमा पनि मजदुर दिवसलाईऔपचारिक रुपबाट मनाउन २०४६सालबाट गरिएकोहो।नेपालमा मजदुर दिबस लाइ मजुदुर सघठन हरुले बिभिन्न तरिकाले मनाउने गरेको पाइन्थ्यो तर यस बर्स लक डाउनको कारणले मजदुर दिवसलाईऔपचारिक रूपबाट मनाउने तयारी छैन तर यस वर्षमजदुर दिवस वास्तविक कार्य क्षेत्रमा नै खटिएरमजदुरहरूलाईसहयोग गरेर मनाउने तयरी छ। विश्व अहिले कोरोनाको कहरबाट त्रस्त छ ।
विश्वभरि नै फैलिएको यो महामारीको स्वास्थ्यमा पर्ने प्रभाव त छँदै छ यसको सामाजिक, आर्थिक तथा राजनैतिक प्रभाव पनि पर्ने निश्चित छ । विश्व अर्थतन्त्रमा परेको असरबाट नेपालका श्रमिक अछुतो रहन सक्दैन । कोरोनाको कारणले नेपालमा पर्ने असर आन्तरिक र बाह्य दुवै प्रकारका हुनेछन् । आन्तरिक असर पनि प्रत्यक्ष र अप्रत्यक्ष दुवै हुनेछन् । सबैभन्दा प्रमुख असर त श्रमकाक्षेत्रमा नै पर्ने छ । यो क्षेत्रमा पर्ने असरको मूल्यांकन अहिले नै गर्न गाह्रो छ ।यसको कारणले नेपालमा धेरै स्रमिकले आफ्नो रोजगारि गुमायका छन जसका कारणले आफु र आफ्ना परिवारहरूअहिले भोक भोकै बस्नु परेको छ ।उनीहरुको अवस्था कहाली लाग्दो छ।
त्यतिमात्र नभै विश्वभरि लाखौँको सख्यामा बेरोजगारी बढ्ने निश्चित छ ।यस बिसम परिस्थितिमा स्वदेशतथा विदेशमा रहेका श्रमिकहरूको लागि लागि नेपाल सरकरका तर्फबाट तत्कालीन दीर्घकालीन रणनीतिअपनाउनु पर्ने देखिन्छ ।यस्का लागि सर्ब प्रथम त उनीहरूलाई कोरोना लाग्न बाट जोगाउने ।उनीहरूको र उनका बाल बच्चा र परिवार को लागी प्याकेजको घोषणागर्नु पर्दछ।बिदेसमा रहेका नेपालीहरूका लागि उनीहरू जुन देशमा छन त्यही देशमा राजदूतको सम्पर्कबाट उनीहरूको जीवन रक्षा गर्न पहल गर्नु पर्दछ।स्वदेशमाआउन चाहाने हरुको लागि सुरक्षित तवरबाट कोरोना परिक्षण गरी अाउने वातावरण मिलाइ दिनु छिमेकी देश भारत को सिमामा रहेका नेपाली हरुकालागि आवश्यक परिक्षण गरी नेपालको आइसोलेसनमा राख्ने वातावरण मिलाउनु पर्दछ।
कोरोनाको महामारीपछि बेरोजगार श्रमिकहरूको लागि स्वदेशमा नै रोजगारीको वातावरण मिलाउनु पर्छ । यी सबै परिस््थितिको सामनागर्न अवस्य पनि सरकार का लागि चुनौती हुने छ।तर आसा गरम नेपालमा गरिब किसान मजदुर सर्वहारा वर्गको नामबाट राजनीति गरेको पार्टी सरकारमा छ उसको परीक्षाको घडी सुरु भएको छ ।कोरोनाको विषम परिस्थिति सही तवरबाट सरकारले मजदुर बर्गको रक्षा गर्न सक्यो भने नेपालमा फेरि पनि यो सरकारले निरन्तरता पाउने छ अन्यथा विश्वभरिबाट कम्युनिष्ट सरकारहरू विदा भए झै सँधैका लागि नेपालबाट पनि विदा हुने कुरामा कसैको पनि दुइ मत छैन।
लेखक नेपाल ट्रेडयुनियन काङ्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष हुन्