नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कर्मचार्य बेक्स एण्ड फुड्स प्रा.लि. पोखरा २७ रिठेपानी पोखरामा श्रमिक भेटघाट कार्यक्रम गरेको छ । बर्तमान परिस्थितिको कारण सामाजिक दुरि कायम गर्दै उक्त कारखानामा कार्यरत श्रमिकहरु संग कार्यस्थल मै भेटघाट गरि दुरि कायम गर्दै खाजा खुवाउने कार्यक्रम गरेको थियो ।
चैत्र ११ देखि देशभर Lockdown जारी भएकोमा सो कारखानामा चैत्र २१ गते उत्पादनको काम चलिरहेको थियो । कारखाना परिसरभित्र करिब ८० जना श्रमिकलाई क्वारेन्टाइनमा राखी कार्य लगाइएका सो कारखानाका श्रमिक भेटघाट संगै श्रमिक सुरक्षा र उनीहरुको खाने बस्ने ब्यबस्थापनको पनि निरीक्षणका साथै श्रमिकहरुका समस्याको बारेमा अन्तरक्रिया गरिएको थियो ।
सो कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा , जिल्ला अध्यक्ष बिजयराज भण्डारी, उपाध्यक्ष कमल सापकोटा, सचिब रुद्र तिमिल्सिना , कोषाध्यक्ष शंकर खात्रि , कारखाना श्रमिक संघ केन्द्रिय उपमहासचिव केशवराज भाट्टराई , कारखानाका ब्यबस्थापक श्री प्रसाद बराल,कारखाना श्रमिक संघ इकाई अध्यक्ष मुक्तिराम पाण्डे र अखिल नेपाल ट्रेड युनियन महासंघ इकाई अध्यक्ष तिर्थ अधिकारीले आफ्नो धारणा राख्नु भएको थियो ।