अधिकारकर्मी  थापा मानव अधिकार अनुगमन तथा समन्वय समितिको सदस्यमा मनोनित

0
758

 

 

 

कास्की । लामो समय देखि महिला अधिकारको क्षेत्रमा कृयाशिल महिला अधिकारकर्मी   तथा एकल महिला समुह (WHR ) कि संस्थापक अध्यक्ष,  लिली थापा कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा मानव अधिकारको अवस्था अनुगमन गर्न बनेको उच्चस्तरीय मानव अधिकार  अनुगमन तथा समन्वय  समितिको  आमन्त्रित सदस्यमा मनोनयन भएकी छन।

रास्ट्रिय मानव अधिकार आयोगले थापालाई उच्च स्तरीय अनुगमन समितिको सदस्यमा आयोगको बैशाख २० गतेको निर्णय अनुसार मनोनयन गरेको जानकारी दिएको छ।

थापाले महिला अधिकार संगै अहिले बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको छहारी भवन बाट दनिक हजारौ विपन्न परिवारलाई निशुल्क भोजन उपलव्ध गराउने अभियानको नेतृत्व गरिरहेकी छन।