नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो

0
535

कास्की । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको हो।

परीक्षणका क्रममा कपिलवस्तु – ८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको हो।

बिहीबार थपिएका २ जनासहित नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ।