पुतलीबजार नगरपालिका १० नं. वडा कार्यालयले काेराेना भाईरस प्रकाेपका कारण लकडाउन लम्बिरहदा दैनिक मजदुरी गरि जिवाेकाेपार्जन गर्न असहज भएका वडा भित्र रहेका ११९ अति बिपन्न परिवारलाई राहत बितरण गरेकाे छ ।
पुतलीबजार नगरपालिकाबाट दाेश्राे चरणकाे राहत बितरण गर्न नसकिएकाे परिवेशमा वडाकाे विशेष पहलमा वडा भित्रका कृयाशिल राजनैनिक दल, रेडऋस साेसाईटी र विभिन्न कृयाशिल संघ सस्थामा अगुवा ब्यक्तिहरूकाे प्रत्यक्ष सहयाेगबाट संकलित रू ६१ हजार रकमबाट दाेश्राे चरणकाे राहत सामाग्री खरिद गरिएकाे वडा अध्यक्ष दुर्गबहादुर शाहले बताउनु भयाे ।
वडा भित्र रहेका जुनसुकै जिल्लाका भएपनि कुनै भेदभाव नगरिएकाे र अागामि दिनमा दैनिक जीवन यापन गर्न असहज भई चुलाेमा अागाे बल्न गार्हो भएका वर्गहरूलाई पहिचान गरि राहत बितरण गर्ने याेजना रहेकाे वडा सदस्य सुरजकुमार अधिकारीले जानकारी दिनुभयाे । साथै अागामि दिनमा राहत बितरणकार्यलाई व्यवस्थित बनाउन वडाबाट विशेष कार्यक्रम तय गरिने वडा सदस्य लिलबहादुर थापाले बताउनु भयाे ।