कास्की । सोमबार थप १० जनामा कोरोना भाइरस( कोभिड -१९) पुष्टि भएको छ । कपिलबस्तु जिल्लाका थप १० जनामा कोरोना भाइरस( कोभिड- १९) पुष्टि भएको हो ।
राष्ट्रि«य जनस्वास्थ्य प्रयोगशाला काठमाडौको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।
कपिलबस्तु यशोधरा गाउपालिका ५ र बुद्धभुमि नगरपालिका ७, १० निवासी १८,१९,२०,२०,२४,३०,३१,३४,३४ बर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।