पोखराका अग्रज पत्रकार पराजुलीको पहलमा राहत वितरण

0
676
पोखरा ।   कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण समस्यामा परेका विभिन्न क्षेत्रका करिव १३५ जनालाई मंगलवार खाधान्न एवं अन्य सामाग्री राहात स्वरुप हस्तान्तरण गरिएको छ । 
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीको पहलमा पोखरा महानगरपालिका -०५ निवासी ८५ वर्षिय वृद्धा चीजकुमारी गुरुडको सहयोगमा राहात सामाग्री हस्तान्तरण गरिएको हो ।
 
पोखरामा कपाल काट्ने पेशामा आवद्द २५ जना नाईहरु , यातायात क्षेत्रमा संलग्न ५ जना मज़दूरहरु र असहाय एवं असक्तहरु लाई आश्रय दिंदै आएको पोखरा छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रय लिएर बसोबास गर्दै आएका १ सय जना भन्दा बढ़ी गरि करिव १ सय ३० जनाका लागि खाधान्न एवं अन्य विभिन्न सामाग्री राहत स्वरुप हस्तान्तरण गरिएको हो ।
  कारोना भाइरस (कोभिड–१९) को कारण पोखराको विभिन्न स्थानमा कपाल काट्ने पेशामा संलग्न मज़दूर तथा स्वरोज़गार श्रमिकहरुको पसल बन्द भएपछि आफ्नो र परिवारको लागि दैनिक जीवनयापन गर्न समेत नसक्ने अवस्थामा पुगेका २६ परिवार र यातायात क्षेत्रका ५ जना मजदुरका परिवारका लागि चामल , दाल नुन , चिउरा साबुन लगायतका सामाग्री हस्तान्तरण गरिएको हो
यसै गरि पोखरा छोरेपाटन स्थित मानव सेवा आश्रममा रहेका १ सय भन्दा बढी असहाय र असक्त हरुको लागि खाधान्न , खाजा , सरसफाईको सामाग्री हरु पनि हस्तान्तरण गरिएको छ ! नाई संघ सम्बद्ध श्रमिक हरुको लागि नेपाल नाई संघका वरिष्ठ उपाध्यक्ष लाल वावु ठाकुर तथा मानव सेवा आश्रममा आश्रमका अभिभावक शोभा गौतमको संयोजनमा ति सामाग्री वितरण गरिएको थियो । 
मज़दूरहरुका लागि राहात सामाग्रीको वितरण कार्यक्रममा सहयोगदाता चिज कुमारी गुरुडका छोरा प्रकाश गुरुड र छोरी तिल कुमारी गुरुड स्वयं सहभागी थिए ! हाल नेपालमा रहेका प्रकाश गुरुड बेलायती सेनाका पूर्व सैनिक तथा ब्रिटिश गोर्खा वेयलफेयर सोसाईटी र पंचासे हर्पन डांडा समाज युकेमा आवद्द छन । 
मज़दूर तथा श्रमिकहरुका लागि पोखरा महानगरपालिका -३ को वडा कार्यालयमा वडाध्यक्ष रविन्द्र बहादुर प्रजूको रोहवरमा वरिष्ठ पत्रकार गंगाधर पराजुली , नाई संघका वरिष्ठ उपाध्यक्ष लालवावु ठाकुर , नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्र तिमिल्सीना , नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष शिरोमणि बराल , अभियन्ताहरु शान्ती गुरुड् र अम्बिका ढुंगाना लगायतले राहात सामग्री वितरण गरेका थिए । 
यसैगरि मानव सेवा आश्रममा आयोजित कार्यक्रममा सहयोगदाता परिवारका प्रकाश गुरुड्, , वरिष्ठ पत्रकार गंगाधर पराजुली , शिरोमणी बराल , आश्रमका सदस्य तथा अभिभावक शोभा गौतम र स्स्वयंसेवक सम्झना गर्तौला लगायतले आआफ्नो भनाई राखेका थिए । 
त्यस अवसरमा बोल्दै गुरुड्ले आफ्नो आमाको ईच्छा अनुसार आमाले प्राप्त गरेको पेन्सन रकमबाट राहात सामाग्री खरिद गरिएको जानकारी दिए ! पत्रकार पराजुलीले सहयोगदाताको चाहाना र समस्यामा परेका मज़दूर र असहायका लागि उनिहरुकै आवश्यकता अनुसार सामान वितरण गरिएको जानकारी दिए ।