पोखरा ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस( कोभिड -१९ )ले गर्दा मानब जीवन अस्तव्यस्त बनिरहेको छ । यस अबस्थामा लकडाउनले घर जान नपाएका ,दैनिक सयौ ज्यालादारीका श्रमिक/ मजदुहरु, अलपत्र परेका पीडितहरु बिहान बेलुकाको हातमुख जोड्ने समस्यामा परेका छन ।
निरन्तरको लकडाउनका कारण पोखरामा बेरोजगार बनेका मजदुर तथा विपन्न वर्गका सर्बसाधारणलाई बिहान बेलुका हात मुख जोड्ने समस्या भएपछि पोखरामा बिभिन्न संघसंस्थाहरुले बिभिन्न स्थानमा सामुहिक मेस संचालनमा ल्याएका छन् ।
यसै क्रममा लकडाउनको मारमा परेका ,घरजान नपाएका ,ज्यालादारी ,श्रमिक, मजदुरहरु,अलपत्र परेका पीडितहरुलाई भिन्तुना युवा क्लव पोखरा- ३ तेर्सापट्टिले खाना खुवाउने काम जारी राखेको छ । नदिपुर,गणेश टोल,नयाँ वजार ,वगर,चाउथे ,जिरो किलोमिटर लगायतका पोखराका बिभिन्न ठाँउमा बिगत दुइ हप्ता देखि बेलुकाको खाना खुवाउदै आएको क्लबका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।
दैनिक ५ सय देखि हजार जना सम्मलाई बेलुकाको खाना खुवाउने गरेको कार्यक्रमका संयोजक सुमन श्रेष्ठले जानकारी दिए । प्रत्येक दिन २५ जना युवा स्वयंसेबीले तयार पारेको खाना माग अनुसार पोखराका बिभिन्न ठाँउमा पुर्याउने गरिएको श्रेष्ठले बताए ।
बिहानको खाना अधिकाँश संघ-संस्थाले खुवाउने गरेका छन्, अध्यक्ष श्रेष्ठले पोखरा पोष्ट संगको कुराकानीमा भने ,”हामी बेलुकाको खान खुवाउने अभियानमा जुट्यौ ।”
बिभिन्न क्षेत्रका दाताहरुबाट प्राप्त सहयोगका साथै क्लबका सदस्यहरु तथा शुभचिन्तकहरुको सहयोगले गर्दा नै निशुल्क खाना खुवाउने कार्य अगाडी बढिरहेको स्वयंसेवक ब्यबस्थापक मनिष सुवालले जानकारी दिए । उनले लकडाउन अबधिभर खाना खुवाउने योजना रहेको समेत सुनाए ।
निशुल्क खाना बितरण कार्यक्रमलाई गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापा,युवा नेता सरस्वती गुरुङ ,समाजसेबी नारायण उदास,दिलिप गीरी,शीव श्रेष्ठ, ,अनिल उदास,किरण उदास,क्षेत्र प्रसाद श्रेष्ठ,मनोज गुरुङका साथै स्थानीय दाताहरुले सघाएको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।