कास्की ।नेपालमा काेराेना संक्रमितकाे संख्या २५० पुगेकाे छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडौंमा अाज गरिएको परिक्षण अनुसार थप ५ जनामा काेराेना पुष्टि भएकाे छ।
सर्लाही धान्काैल नगरपालिकाका ४५ बर्षीय पुरुष,धनुषा,जनकपुर र मिथिलाका ४० बर्षीय पुरुष र २० बर्षीया महिला साथै महाेत्तरी,जलेधर नगरपालिका र वलवा नगरपालिकाका १६ र ३५ बर्षीय पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे स्वास्थ मन्त्रालयले जनाएको छ।