पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एक महिलाको ज्यान गएको छ । यो नेपालमा कोरोनाबाट ज्यान गएको पहिलो घटना हो ।सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी २९ वर्षीया महिलाको शुक्रबार साँझ उपचारका क्रममा को’रोनाको संक्रमणबाट नि’धन भएको हो।
श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर पीसीआर परीक्षण गरिएको थियो। अस्पतालमै आरडिटी र पिसिआर परीक्षण गर्दा उनको स्वाब परीक्षणको नजिता पोजेटिभ आएको थियो।मृत्युपछि स्वाबको पुनः जाँचका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो र त्यहाँ पनि पोजेटिभ देखिएको स्वास्थय मन्त्रालयले जानकारी गराएको हो ।उनी आठ दिनअघि त्रिवि शिक्षण अस्पतालबाट डेलिभरी गराएर घर फर्किएकी थिइन्।
निधन भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अहिले धुलिखेल अस्पताल सिल गरिएको छ। अहिले आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब कलेक्सन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ। त्यसका साथै ति बिरामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर स्वाब परीक्षण गरिएको छ ।