राहुल गुप्ता,
बारा । आज बिहान कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० जनामध्ये एक बारामा कार्यरत प्रहरी जवान रहेको खुलेको छ।
१० जना संक्रमित मध्ये एक जना २८ वर्षिय पुरुष जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत प्रहरी जवान रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले बताउनुभयो।
संक्रमित जवानको स्वास्थ्य सामान्य रहेको र उहाँलाई जिल्ला अस्पताल कलैयाको आईसुलेसन कक्षमा राखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो।
संक्रमण पुष्टि भएलगतैँ उहाँको सम्पर्कमा आएका ३५ जनाको पहिचान गरि स्वाब संकलन गरिसकिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले बताउनुभयो ।