कास्की ।नेपालमा काेराेना संक्रमणबाट वाँकेका २५ बर्षीय युवाकाे ज्यान गएकाे छ।बाँकेको क्वारेन्टाइनमा अाईतबार बिहान मृत्यु भएका उनकाे काेराेना परिक्षण पाेजेटिभ अाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता विकास देवकोटाले जानकारी दिए ।
याे संगै नेपालमा काेराेना संक्रमणकाट ज्यान जानेकाे संख्या दुई पुगेको छ।
सअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।
आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।
भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो।